सेनाले दियो प्रहरीलाई ३ सय नाल राइफल र मेसिन गन काठमाडौं।नेपाली सेनाले आज राइफल–मेसिन गन ३ सय नाल तथा सोको एम्युनिशन र सम्बन्धित सामाग्री नेपाल प्रहरीलाई दिएको छ।सैनिक मुख्यालय जंगी अड्डामा आयोजित एक कार्यक्रमबीच आज प्रधानसेनापति पूर्णचन्द्र थापाले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई ती हतियार हस्तान्तरण गरेका हुन्।नेपाल प्रहरीको तालिम, विशिष्ट र अति विशिष्ट व्यक्ति सुरक्षा, कार्यालय सुरक्षा तथा ठूला कार्यक्रमहरु संचालन गर्ने प्रयोजनको लागि दिइएको सेनाले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्