एकैदिन डुबेर सात जनाको मृत्यु, अधिकांश बालबालिका
काठमाडौं।देशका विभिन्न स्थानमा एकैदिन डुबेर सात जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा बारा कलैया उपमहानगरपालिका–१० का मनिषा कुमारी राम, सुनसरीको कोशी गाउँपालिका–५ कुम्याई बस्ने इर्फान मियाँ, मकवानपुरको राक्सिराङ्ग गाउँपालिका–९ का वीरबहादुर प्रजा, सर्लाहीको कौडेना नगरपालिका–५ छपकैयाका गुड्डी कुमारी राय, सर्लाहीका इश्वरपुर नगरपालिका–१३ का रामचन्द्र महतो, रुपन्देहीको माँयादेवी गाउँपालिका–२ अमुवागाँउका कृष्ण कहार र दाङको घोराही उपमहानगरपालिका–१९का हुमा खड्का रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्