काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले कसैले पनि रेशम चौधरीलाई रिहा गर्छु भन्न नमिल्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभा सदस्य बिडारीले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्दै अभियुक्तलाई रिहा गर्ने अभिव्यक्ति दिनु कानूनसंगत नहुने बताएका हुन्।
नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले १ माघमा माघे संक्रान्तिको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै टीकापुर घटनामा अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीलाई छुटाउन आफूले पहल गरिरहेको र छुटाएरै छाड्ने बताएका थिए।
अर्को प्रसंगमा, बिडारीले पार्टीका तर्फबाट प्रतिनिधि सभामा उपसभामुख बनेको व्यक्तिले पार्टीले राजीनामा मागेका बेला दिनुपर्ने बताए।
“शिवमायाजीलाई पार्टीले सांसद बनाएको हो, पार्टीले नै उपसभामुख बनाएको हो। उहाँले पार्टी पद्धति मान्नुपर्छ”, उनले भने, “पार्टी सचिवालयले राजीनामा गराउने निर्णय गरिसकेपछि उहाँले राजीनामा दिन्न भन्न मिल्दैन।”
यसअघि नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा पार्टीले उम्मेद्वारी दिने निर्णय गरेको थियो। साथै प्रतिनिधि सभाका सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने संवैधानिक प्रावधानका कारण उपसभामुख तुम्बाहाङफेको राजीनामा माग गर्ने पनि निर्णय गरेको थियो। त्यसपछि उपसभामुख तुम्बाहाङफेले आफूले कुनै गल्ती नगरेका कारण राजीनामा किन दिने भन्ने प्रश्न गरेकी थिइन्।
राष्ट्रिय सभा सदस्य बिडारीले उपसभामुखले राजीनामा नदिए प्रतिनिधि सभाको सभामुख चयन गर्ने प्रक्रिया थाल्न पार्टीले निर्णय गरेर ज्येष्ठ सदस्यलाई जिम्मेवारी दिन सक्ने बताए।
सशस्त्र द्वन्द्वका बेला मारिएकामध्ये पाँच हजारको जिम्मा लिन्छु भन्ने नेकपा अध्यक्ष दाहालको अभिव्यक्तिको सन्दर्भमा बिडारीले बाँकी १२ हजार मानिस मारिएकोमा शेरबहादुर देउवादेखि गिरिजाप्रसाद कोइरालासम्मको जिम्मा हुने बताए। “१२ हजार व्यक्ति राज्यको तर्फबाट मारिएका छन्। त्यो बेला शेरबहादुरदेखि गिरिजासम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसको जिम्मा उहाँहरूको हुनुपर्छ”, उनले भने।
" /> काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले कसैले पनि रेशम चौधरीलाई रिहा गर्छु भन्न नमिल्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभा सदस्य बिडारीले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्दै अभियुक्तलाई रिहा गर्ने अभिव्यक्ति दिनु कानूनसंगत नहुने बताएका हुन्।
नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले १ माघमा माघे संक्रान्तिको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै टीकापुर घटनामा अदालतले दोषी ठहर्‍याएका रेशम चौधरीलाई छुटाउन आफूले पहल गरिरहेको र छुटाएरै छाड्ने बताएका थिए।
अर्को प्रसंगमा, बिडारीले पार्टीका तर्फबाट प्रतिनिधि सभामा उपसभामुख बनेको व्यक्तिले पार्टीले राजीनामा मागेका बेला दिनुपर्ने बताए।
“शिवमायाजीलाई पार्टीले सांसद बनाएको हो, पार्टीले नै उपसभामुख बनाएको हो। उहाँले पार्टी पद्धति मान्नुपर्छ”, उनले भने, “पार्टी सचिवालयले राजीनामा गराउने निर्णय गरिसकेपछि उहाँले राजीनामा दिन्न भन्न मिल्दैन।”
यसअघि नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा पार्टीले उम्मेद्वारी दिने निर्णय गरेको थियो। साथै प्रतिनिधि सभाका सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने संवैधानिक प्रावधानका कारण उपसभामुख तुम्बाहाङफेको राजीनामा माग गर्ने पनि निर्णय गरेको थियो। त्यसपछि उपसभामुख तुम्बाहाङफेले आफूले कुनै गल्ती नगरेका कारण राजीनामा किन दिने भन्ने प्रश्न गरेकी थिइन्।
राष्ट्रिय सभा सदस्य बिडारीले उपसभामुखले राजीनामा नदिए प्रतिनिधि सभाको सभामुख चयन गर्ने प्रक्रिया थाल्न पार्टीले निर्णय गरेर ज्येष्ठ सदस्यलाई जिम्मेवारी दिन सक्ने बताए।
सशस्त्र द्वन्द्वका बेला मारिएकामध्ये पाँच हजारको जिम्मा लिन्छु भन्ने नेकपा अध्यक्ष दाहालको अभिव्यक्तिको सन्दर्भमा बिडारीले बाँकी १२ हजार मानिस मारिएकोमा शेरबहादुर देउवादेखि गिरिजाप्रसाद कोइरालासम्मको जिम्मा हुने बताए। “१२ हजार व्यक्ति राज्यको तर्फबाट मारिएका छन्। त्यो बेला शेरबहादुरदेखि गिरिजासम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसको जिम्मा उहाँहरूको हुनुपर्छ”, उनले भने।
"> प्रचण्डले रेशमलाई रिहा गर्छु भन्न मिल्दैनः रामनारायण बिडारी: Dekhapadhi
प्रचण्डले रेशमलाई रिहा गर्छु भन्न मिल्दैनः रामनारायण बिडारी
काठमाडौं। राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले कसैले पनि रेशम चौधरीलाई रिहा गर्छु भन्न नमिल्ने बताएका छन्। आज देखापढीसँग कुरा गर्दै राष्ट्रिय सभा सदस्य बिडारीले अदालतमा विचाराधीन मुद्दामा टिप्पणी गर्दै अभियुक्तलाई रिहा गर्ने अभिव्यक्ति दिनु कानूनसंगत नहुने बताएका हुन्।
अर्को प्रसंगमा, बिडारीले पार्टीका तर्फबाट प्रतिनिधि सभामा उपसभामुख बनेको व्यक्तिले पार्टीले राजीनामा मागेका बेला दिनुपर्ने बताए।
“शिवमायाजीलाई पार्टीले सांसद बनाएको हो, पार्टीले नै उपसभामुख बनाएको हो। उहाँले पार्टी पद्धति मान्नुपर्छ”, उनले भने, “पार्टी सचिवालयले राजीनामा गराउने निर्णय गरिसकेपछि उहाँले राजीनामा दिन्न भन्न मिल्दैन।”
यसअघि नेकपाको सचिवालय बैठकले रिक्त रहेको प्रतिनिधि सभाको सभामुखमा पार्टीले उम्मेद्वारी दिने निर्णय गरेको थियो। साथै प्रतिनिधि सभाका सभामुख र उपसभामुख एउटै पार्टीबाट हुन नहुने संवैधानिक प्रावधानका कारण उपसभामुख तुम्बाहाङफेको राजीनामा माग गर्ने पनि निर्णय गरेको थियो। त्यसपछि उपसभामुख तुम्बाहाङफेले आफूले कुनै गल्ती नगरेका कारण राजीनामा किन दिने भन्ने प्रश्न गरेकी थिइन्।
राष्ट्रिय सभा सदस्य बिडारीले उपसभामुखले राजीनामा नदिए प्रतिनिधि सभाको सभामुख चयन गर्ने प्रक्रिया थाल्न पार्टीले निर्णय गरेर ज्येष्ठ सदस्यलाई जिम्मेवारी दिन सक्ने बताए।
सशस्त्र द्वन्द्वका बेला मारिएकामध्ये पाँच हजारको जिम्मा लिन्छु भन्ने नेकपा अध्यक्ष दाहालको अभिव्यक्तिको सन्दर्भमा बिडारीले बाँकी १२ हजार मानिस मारिएकोमा शेरबहादुर देउवादेखि गिरिजाप्रसाद कोइरालासम्मको जिम्मा हुने बताए। “१२ हजार व्यक्ति राज्यको तर्फबाट मारिएका छन्। त्यो बेला शेरबहादुरदेखि गिरिजासम्म प्रधानमन्त्री हुनुहुन्थ्यो। त्यसको जिम्मा उहाँहरूको हुनुपर्छ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्