एक्सपाएर डेविडकार्ड प्रयोग गरी काठमाडौंका एटिएमबाट ३४ लाख ३५ हजार चोरी
काठमाडौं। एक्सपाएर डेविड कार्ड प्रयोग गरी एटिएमबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका–५ भत्केको पुलबाट दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं भत्केको पुल बस्ने सोलुखुम्बुका जगतबहादुर गुरुङ र पर्सा घर भएका सावित्री गुरुङ छन्। सिद्धार्थ बैंकको विभिन्न स्थानमा रहेको एटिम मेसिनबाट एक्सपाएर भएको डेविडकार्ड प्रयोग गरी उनीहरुले पैसा चोरी गरेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्