सेनाले करिब ११ हजार थान राइफल–मेशिन गन र १५ लाख थान गोली प्रहरीलाई दिने
काठमाडौं।नेपाली सेनाले एक वर्षभित्र प्रहरीलाई १० हजार ८१८ नाल राइफल तथा मेशिन गन उपलब्ध गराउने भएको छ। गत १७ जेठको मन्त्रिपरिषदको निर्णयअनुसार १४ लाख ९४ हजार १६ थान गोली पनि प्रहरीलाई उपलब्ध गराउने छ। सम्पूर्ण हतियार २०७९ वैशाख महिनासम्म तीन चरणमा उपलब्ध गराउने सेनाले जनाएको छ। सेनाले पहिलो चरणमा आज ३ सय नाल राइफल तथा मेशिन गन हस्तान्तरण गरेको छ।
प्रतिक्रिया दिनुहोस्