तालिबानसँगकाे भिडन्तपछि अफगान सैनिक ताजकिस्तानतिर भागे
एजेन्सी।तालिबान लडाकुसँगकाे भिडन्तपछि अफगानिस्तानका करिब १ हजार सैनिक ज्यान जोगाउन ताजकिस्तानतर्फ भागेका छन्। सीमा क्षेत्रमा भएको भिडन्तको क्रममा सैनिकहरु ताजकिस्तानमा विस्थापित भएको अधिकारीहरुले जानकारी दिएका हुन्। ताजकिस्तानको सुरक्षा बलले ज्यान जोगाउन बाध्य भएर अफगान सैनिकहरु आफ्नो देश प्रवेश गरेको जनाएको छ। विदेशी सैनिक फिर्ता भएसँगै अफगानिस्तानमा तालिबानकाे नियन्त्रण बढ्दै गएको छ। अफगानिस्तानको उत्तरी क्षेत्रमा ठूलो क्षेत्र तालिबानको नियन्त्रणमा गइसकेको छ।
प्रतिक्रिया दिनुहोस्