मुस्लिम समुदायविरुद्ध भाजपा नेताको अभिव्यक्ति, भने– यिनीहरुलाई देशबाट बाहिर फ्याँक्नुपर्छ
बीबीसी।भारतीय जनता पार्टी (भाजपा)का प्रवक्ता तथा करणी सेना प्रमुख सुरज पाल अमूले एक पटक फेरि मुस्लिम समुदायका सम्बन्धमा विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले मुस्लिम समुदायविरुद्ध भड्काउने अभिव्यक्ति दिएका छन्।“यदि उनीहरु आफ्नो दाह्री काट्न जान्दछन् भने हामी उनीहरुको घाँटी कसरी काट्ने भन्ने जान्दछौं”, महापञ्चायतमा अमूले भने।उनले हिन्दु धर्ममा आस्था राख्नेलाई एक प्रस्ताव राख्दै मुस्लिमहरुलाई देश बाहिर फ्याँक्न आग्रह गरेका थिए।
प्रतिक्रिया दिनुहोस्