अष्ट्रेलियाकी पूर्वमहिला सांसदको आरोप– संसदभित्र मन्त्रीले गलत तरिकाले तिघ्रामा छोए बीबीसी। अष्ट्रेलियाकी एक पूर्व महिला सांसद जुलिया बैंक्सले एक मन्त्रीमाथि यौन दुर्व्यवहारको आरोप लगाएकी छन्। ती मन्त्रीले आफूलाई संसदभित्र सन् २०१७ मा तिघ्रामा गलत नियतले छोएको बैंक्सले बताइन्। संसदभित्र मतदान हुने क्रममा मन्त्रीले आफूलाई छोएको उनले जनाएकी छन्। बैंक्सको आरोपपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनको कार्यालयले घटनाबारे जानकारी नभएको बताएको छ। तर यस्तो व्यवहार गलत भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्