आँप कूटनीतिः बंगलादेशकी प्रधानमन्त्रीले पठाईन् भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री ममतालाई २६ सय केजी आँप
बीबीसी।बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई कोशेलीस्वरुप २ हजार ६ सय केजी आँप पठाएकी छन्।हरिभंगा किसिमको आँप भारत–बंगलादेशको सीमा बेनापोल चेक पोइन्टबाट भारत पठाइएको हो। शेख हसिनाले भारतका राष्ट्रपति रामनाथ कोविन्द र त्रिपुराका मुख्यमन्त्री विप्लवकुमार देवलाई पनि आँप पठाएको स्थानीय मिडियाले जनाएका छन्। विप्लवलाई ३ सय केजी आँप पठाएको बताइएको छ।
प्रतिक्रिया दिनुहोस्