रेन्समवेयर भाइरसको आक्रमणबाट १५०० व्यवसाय प्रभावित एजेन्सी। रेन्समवेयर भाइरसको आक्रमणबाट अमेरिकाका एक हजार ५०० वटा व्यवसाय प्रभावित बनेका बताइएको छ। अमेरिकाको सफ्टवेयर भेण्डर कासेयाले उक्त साइबर हमलाबाट धेरै व्यवसाय प्रभावित बनेको बताएको छ। रेन्समवेयर भनेको एक प्रकारको भाइरस हो। जसले कम्प्युटरलाई कब्जामा लिएर खुल्दै नखुल्ने बनाउँछ र पैसा माग्ने गर्छ। गत साता यसले अमेरिकाका २०० कम्पनीमा एकैसाथ साइबर हमला गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्