एडीबीको नेपाल निर्देशकमा कोस्वा नियुक्त काठमाडौं। एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ। एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो। उनले निर्देशकका रूपमा नेपाल मामिला हेर्दै विकासका अन्य साझेदारहरूसँग छलफल गर्नेछन्। यसैगरी एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन पनि गर्नेछन्। नेपालका लागि निर्देशकका नियुक्त भएपछि उनले सरकार र विकास साजेदारहरुसँग गरिबी न्यूनीकरणमा काम गर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्