अमेरिकामा बन्दुक हिंसाः तीन दिनमा ४ सय घटना, १५० जना मारिए
सीएनएन। अमेरिकामा प्रत्येक वर्ष र महिना बन्दुक हिंसा बढ्दै गएको छ। पछिल्लो शुक्रबारदेखि आइतबारसम्ममा मात्र अमेरिकामा बन्दुक हिंसाका चारसय घटना भएका छन्। ती घटनामा गोली लागेर १५०जनाको मृत्यु भएको छ। डेटा आउने क्रम जारी रहेकोले यो संख्या अझ बढ्ने गन भाइलेन्स आर्काइभले जनाएको छ। ७२घण्टाको अवधिमा गोली प्रहारबाट यति धेरै संख्यामा मान्छे मारिनुलाई सामान्य रुपमा नलिन विज्ञले सुझाएका छन्।
प्रतिक्रिया दिनुहोस्