पाकिस्तानका राष्ट्रपतिले टर्कीका सेना प्रमुखसँग भने– भारतले अफगानिस्तानका चरमपन्थीलाई तालिम दियो
बीबीसी। पाकिस्तानका राष्ट्रपति डाक्टर आरिफ अल्वीले भारतमाथि गम्भीर आरोप लगाएका छन्। भारतले अफगानिस्तानमा रहेका चरमपन्थीलाई तालिम र पैसा दिएर पाकिस्तानलाई अस्थिर बनाउने प्रयास गरेको आरोप उनले लगाए। पाकिस्तान भ्रमणका रहेका टर्कीका सेना प्रमुख उमिट डन्डारसँग उनले सो कुरा बताएको स्थानीय मिडियाले उल्लेख गरेका छन्। भेटमा अल्वीले अफगानिस्तानको जमिनबाट भारतले पाकिस्तानका चरमपन्थीलाई समर्थन र सहयोग गरिरहेको आरोप समेत लगाए।
प्रतिक्रिया दिनुहोस्