अबैध कारोबार गर्ने चिनियाँ गिरोह पक्राउ
काठमाडौं। दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न चिनियाँ गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर टेकु र वृत्त लैनचौरवाट खटिएको टोलीले चीनका नागरिकले सञ्चालन गरेको एक होटलबाट जुवातास खेल्न प्रयोग गरेका विद्युतिय टेबल २थान, जुवातास खेल्न प्रयोग हुने चाईनिज भाषा माजुङ बताउने प्लाष्टिकको गोटी४१० थान, नगद आठलाख ८९ हजार १५५ रुपैयाँसहित विभिन्न सामान बरामद गरिएको थियो।
प्रतिक्रिया दिनुहोस्