नेपालका २० वटा हिमतालहरु विस्फोटको जोखिममा
काठमाडौं। अन्तराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार नेपालका २० वटा हिमतालहरु विस्फोटको जोखिममा रहेका छन्। जलवायु परिवर्तनका कारण हिमतालहरु विस्फोटको नजिक रहेको जनाइएको हो। नेपालमा करिब ३२५२ हिमनदी र २३२३ हिमतालहरु छन् भने धेरै जसो हिमनदीहरुको आकारमा परिवर्तन आइसकेको इसिमोडले जनाएको छ। विभिन्न अध्ययनका अनुसार नेपालमा हिमनदीहरु द्रूत गतिमा पग्लिँदै गइरहेका छन्।
प्रतिक्रिया दिनुहोस्