२०६० सम्म नेपालको तापक्रम २.८ डिग्री सेल्सियस वृद्धि हुने
काठमाडौं। जलवायु परिवर्तनसम्बन्धि अन्तर्राष्ट्रिय मञ्चकोको अध्ययनले सन्२०६०सम्म नेपालको तापक्रम२.८ डिग्री सेल्सियस वृद्धि हुने देखाएको छ। नेपालको औषत वार्षिक तापक्रम सन्२०३०सम्म१.४ डिग्री सेल्सियस बढ्ने अनुमान गरिएको छ। सन्२१०० भित्र पृथ्वीको ओषत तापक्रममा३ डिग्री सेस्लियसदेखि४ डिग्री सेल्सियस वृद्धि हुने अनुमान छ। वैज्ञानिकहरुले विगतका जलवायु अवयवहरु र भविष्यको परिदृष्यको आधारमा विभिन्न कम्प्युटर मोडलहरु प्रयोग गरेर भविष्यमा हुने जलवायु परिवर्तनको मात्राको अनुमान निकालेका हुन्।
प्रतिक्रिया दिनुहोस्