मध्यपश्चिम विश्वविद्यालयका दुई उपप्राध्यापक बर्खास्त काठमाडौं। मध्यपश्चिम विश्वविद्यालयले केन्द्रीय क्याम्पसअन्तर्गतका दुई उपप्राध्यापकलाई बर्खास्त गरेको छ। इञ्जिनीयरिङ सङ्काय स्नातकोत्तर कार्यक्रमका निर्देशक उपप्राध्यापक विश्वनाथ यादव र कानून सङ्कायअन्तर्गत ‘स्कूल अफ ल’का उपप्राध्यापक सुजन पन्तलाई बर्खास्त गरेको विश्वविद्यालयले जनाएको छ। बर्खास्तमा परेका यादव स्थायी उपप्राध्यापक र पन्त करारका हुन्। उपकुलपति नन्दबहादुर सिंहले कार्यक्रम निर्देशक यादवले आफूखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तले परीक्षाअगावै प्रश्नपत्र सार्वजनिक गरेकाले बर्खास्त गरेको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्