तीन महिनामा ५३ प्रतिशतले बढ्यो सामसुङको नाफा काठमाडौं। दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी सामसुङले पछिल्लो तीन महिनामा ५३ प्रतिशत नाफा कमाएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकमा कम्पनीको नाफा ५३ प्रतिशतले बढेको हो। कम्पनीका रिपोर्टअनुसार दोस्रो त्रैमासिकमा सामसुङको कुल आम्दानी पनि १९ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ७ करोड ६० लाख र दोश्रो त्रैमासिकमा जम्मा ५ करोड ९० लाख वटा स्मार्टफोन बिक्री गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्