इरानले संवर्धित युरेनियम उत्पादन थालेपछि परमाणु सम्झौता वार्ताको भविष्य अनिश्चित बीबीसी। इरानले पारामाणविक हतियार बनाउन सकिने संवर्धित युरेनियमको उत्पादन प्रक्रिया सुरु गरेको संयुक्त राष्ट्रसंघिय निकायले जनाएको छ। तेहरानले इन्टरनेशनल एटामिक इनर्जी एजेन्सीलाई अनुसन्धानका लागि उर्जा उत्पादन गर्ने प्रक्रिया थालेको जानकारी दिएको हो। ब्रिटेन, फ्रान्स र जर्मनीका अधिकारीहरुले भने इरानको कदमले सन २०१५ को परमाणु सम्झौतालाई पुनर्जीवित गर्ने वार्तालाई असर गर्न सक्ने बताएका छन्। अमेरिकाले भने यसलाई दुर्भाग्यशाली कदम भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्