काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी तथा व्यवसायीसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ।
मन्त्रालयले उद्योगी तथा व्यवसायीहरूको वास्तविक समस्याबारे अन्तर्क्रिया गरेकाे हाे।
मन्त्रालयले निजी क्षेत्रको प्रतिनिधित्व गर्ने विभिन्न संघसंस्थासँग अन्तर्क्रियात्मक कार्यक्रम गर्दै लगानी विस्तार गर्न नसक्नुका कारण बुझ्ने प्रयास गरेको छ।
कार्यक्रममा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले देश औद्योगिक वातावरण बनाउन लागेको बताए। उनले भने, "सोही कारण, उद्योगी तथा व्यवसायीले लगानी विस्तार गर्न नसक्नुका कारण पत्ता लगाउन यो अन्तर्क्रियात्मक कार्यक्रम गरिएको हो।" उनले एक अर्कालाई चिन्ने र बुझ्ने काम मन्त्रालयले शुरू गरेको बताउँदै ऐन कानूनमा भएको समस्यालाई समाधान गर्दै अगाडि बढ्ने लक्ष्यसहित निजी क्षेत्रसँग अन्तर्क्रियात्मक कार्यक्रमको आयोजना गरिएको बताए।
यस्तै उद्योग राज्यमन्त्री मोतीलाल दुगडले उद्योगी व्यवसायी तथा निजी क्षेत्र गम्भीर हुने समय आएको बताए। उनले एकअर्कालाई दोष लगाउँदै व्यावसायिक वातावरण बनाउनबाट पन्छिन नहुने बताए। दुगडले भने, "समस्या भएको ठाउँ हामीले बुझ्न आवश्यक छ। त्यसैले सरकार र निजी क्षेत्र पार्टनर भएर अघि बढ्नु पर्छ।"
वाणिज्य सचिव डा. वैकुण्ठ अर्यालले उत्पादनमूलक उद्योगको अवस्था सुधार गर्नतर्फ सरकार लागि परेको बताए। त्यसका लागि विभिन्न समस्याहरू समाधान गरिएको तथा अन्य समस्या समाधान गर्नतर्फ सरकार लागिपरेको उनको तर्क छ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सले आ–आफ्नो समस्या सुनाएका थिए। कार्यक्रममा उद्योग, मन्त्रालयका सम्बन्धित विभागका अधिकारीहरूको समेत उपस्थिति थियो।
" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उद्योगी तथा व्यवसायीसँग अन्तर्क्रियात्मक कार्यक्रम गरेको छ।मन्त्रालयले उद्योगी तथा व्यवसायीहरूको वास्तविक समस्याबारे अन्तर्क्रिया गरेकाे हाे।

">