हाइटीका राष्ट्रपतिको हत्या एजेन्सी। हाइटीका राष्ट्रपति जोभनेल मोइजको गोली हानी हत्या गरिएको छ। ५३ वर्षीय राष्ट्रपति मोइजलाई स्थानीय समयअनुसार बिहान ९ बजे हत्या गरिएको हो। अज्ञात हतियारधारीको समूहले उनी निजी निवासमा भएको समयमा आक्रमण गरेको थियो। सोही आक्रमणमा परेर उनको मृत्यु भएको बीबीसीले बताएको छ। आक्रमणमा उनकी श्रीमती घाइते भएको बताइएको छ। उनले २०१७ को फेब्रुअरीदेखि सत्ता समालिरहेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्