'ट्रम्प प्रशासनको निर्णयबारे पुनर्विचार गर्नुपर्छ' एजेन्सी। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको गल्ती सच्याउन चीनले अमेरिकालाई आग्रह गरेको छ। चीनले अमेरिकालाई आफ्नो गल्ती सच्याएर अमेरिकामा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूको भिसाका लागि आवेदनमा पुनर्विचार गर्न आग्रह गरेको हो। अमेरिकामा पढ्न चाहने ५००भन्दा बढी चिनियाँ विद्यार्थीहरूले अमेरिकास्थित चिनियाँ दूतावासलाई पत्राचार गर्दै हालै भिसा आवेदनलाई अमेरिकाले अस्वीकार गरेको बताएका थिए। अमेरिकाको निर्णय विरोधाभाषपूर्ण रहेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्