भारतको हिमाञ्चलका पूर्वमुख्यमन्त्री वीरभद्र सिंहको कोरोनाबाट मृत्यु
एजेन्सी।भारतको हिमाञ्चल प्रदेशमा ६ पटक मुख्यमन्त्री र केन्द्रीय मन्त्री भएका वीरभद्र सिंहको कोरोना संक्रमणका कारण ८७ वर्षको उमेरमा मृत्यु भएको छ।दोस्रोपटक कोरोना संक्रमण देखिएपछि उनी सिमलाको आईजीएमसीमा उपचाररत थिए।करिब साढे २ महिनादेखि उपचाररत कांग्रेस वरिष्ठ नेता सिंहको स्वास्थ्यमा अचानक खराबी आएपछि सोमबार भेन्टिलेटरमा राखिएको थियो।उनी इन्दिरा गान्धी नेतृत्वको सरकारमा राज्यमन्त्री र मनमोहन सिंह नेतृत्वको सरकारमा क्याबिनेट मन्त्री बनेका थिए।
प्रतिक्रिया दिनुहोस्