प्रयोगकर्ताहरुलाई तत्काल नयाँ अपडेट इन्स्टल गर्न माइक्रोसफ्टको आग्रह एजेन्सी।सुरक्षा अनुसन्धानकर्ताहरुले अपरेटिङ सिस्टममा गम्भीर जोखिम भेट्टाएपछि माइक्रोसफ्टले विन्डोज प्रयोगकर्ताहरुलाई तत्काल नयाँ अपडेट इन्स्टल गर्न आग्रह गरेको छ।‘प्रिन्टनाइटमेर’ नामक सुरक्षा जोखिमले विन्डोज प्रिन्ट स्पुलर सर्भिसलाई प्रभावित पार्ने भएपछि सागफोर सेक्युरिटी कम्पनीका अनुसन्धानकर्ताहरुले यसको प्रभाव सार्वजनिक गरेका हुन्।अनुसन्धानकर्ताहरुले प्रिन्टरमा अन्य प्रयोगकर्ताहरुले पनि पहुच राख्न सक्ने बताएका हुन्।विन्डोज १० मात्रै नभई गतवर्ष माइक्रोसफ्टले सर्पोट बन्द गरेको विन्डोज ७ पनि जोखिममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्