दबाबमा दाहाल
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिनिधिसभा सभामुखमा कसलाई उम्मेद्वार बनाउने विषयमा चाँडो सहमति जुटाउन भनेका छन्।

सभामुख लगायत अन्य विषयमा छलफल गर्न २ माघमा प्रधानमन्त्री निवास बालुवाट पुगेको दाहाललाई प्रधानमन्त्री ओलीले भने, “पार्टीभित्र सहमति कायम गर्ने जिम्मेवारी तपाईँकै हो।”

प्रधानमन्त्रीसँगको भेटमा कार्यकारी अध्यक्ष दाहालले अनय विषयँगै सभामुखको उम्मेद्वारबारे छलफल गर्न खोजेका थिए।

तर, अन्य विषयमा भएको छलफल सकारात्मक भए पनि सभामुखबारे भने कुनै निष्कर्ष निस्कन नसकेको आजको नागरिक दैनिकले समाचार लेखेको छ।

दुवै अध्यक्ष आफ्नो अडानबाट पछि नहट्दा सहमति कायम हुन नसकेको समाचारमा जनाइएको छ।

नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिएर सभामुख निर्वाचनको बाटो खुलाउन आग्रह गरेको निर्णय कार्यान्वयनमा आएको छैन।

“बिनासहमति पार्टी चलाउन सकिँदैन। त्यसकारण पूर्वएमाले वा पूर्वमाओवादी केन्द्र भनेर अब पार्टी हाँक्नुहुँदैन। पार्टी एक भएपछि यो वा त्यो मानेमा असहमति प्रकट गर्नु ठिक छैन। त्यसकारण सरकार सञ्चालनमा समेत सहयोग पुग्ने गरी सभामुख आफूले रोजेको व्यक्ति हुनुपर्छ”, अध्यक्षद्वयको भेटघाटमा प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै बालुवाटारनिकट स्रोतले भन्यो।

कार्यकारी अध्यक्ष भएपछि दाहालसहितको सहभागितामा वामदेव गौतम निवास भैसेपाटीमा भएको छलफललाई लिएर बालुवाटार असन्तुष्ट रहँदै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्