सवारी आयातमा देखिएको समस्या समाधान गर्न माग काठमाडौं। नाडा अटामोबाइल्स एसोसिएशनले सवारी आयातमा देखिएका समस्या समाधान गर्नुपर्ने बताएको छ। वाणिज्य,आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलसँगको भेटघाटमा नाडाले यस्तो माग गरेको हो। नाडाका अध्यक्ष कृष्ण दुलालले फेयर ट्रेडमा विश्वास गर्दै आएकाले सवारी साधानको आयातमा भइरहेको समस्या समाधान गरिनुपर्ने बताए। यस्तै सवारीका एजेन्सी दर्तामा देखिएका समस्या समेत समाधान गरिनुपर्ने नाडाले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्