पत्रकार जमाल खशोगीको हत्यापछि पहिलो पटक अमेरिकामा साउदी रक्षामन्त्री एजेन्सी। साउदीका रक्षामन्त्री खालिद बिन सलमानले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनका शीर्ष अधिकारीसँग भेटवार्ता गरेका छन्। खालिद साउदी राजकुमार मोहम्मद बिन सलमानका भाई हुन्। अमेरिकाले पत्रकार जमाल खशोग्गीका हत्यामा साउदी राजकुमार मोहम्मद बिन सलमानको हात रहेको प्रतिवेदन सार्वजनिक गरेपछि पहिलो पटक साउदी र अमेरिकी उच्च अधिकारीबीच भेटवार्ता भएको हो। यसअघि अमेरिकाले खालिदको भ्रमणका विषयमा कुनै जानकारी सार्वजनिक गरेको थिएन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्