चीनलाई आइटी कम्पनीको चेतावनी– हङकङमा कानुन फेरे सेवा दिन्नौं एजेन्सी। एसिया इन्टरनेट गठबन्धन (एआइसी) नामको उद्योग समूहले चीनलाई चेतावनी दिएको छ।आइटी कम्पनीहरुको संगठन एआइसीले पत्रमार्फत यदि हङकङमा गोपनियता सम्बन्धी कानुनमा फेरबदल गरे आफूहरुले सेवा नदिने चेतावनी दिएका छन्।कानून फेरिए आइटी कम्पनीहरुले हङकङ छोड्नेसमेत बताएका छन्। एआइसीमा गुगल, फेसबुक, ट्वीटर,एप्पलजस्ता कम्पनी सदस्य छन्।एआइसीका प्रबन्ध निर्देशक जेफ पेनले हङकङमा गोपनियता सम्बन्धी कानून संशोधन भए त्यसले धेरै प्रभाव पार्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्