संयुक्त विद्यार्थी संगठनको मागः पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता होस्
काठमाडौं।पेट्रोलियम पदार्थको गरिएको मूल्य वृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी संगठनले ज्ञापन पत्र बुझाएका छन्।नेपाल आयल निगममा ज्ञापनपत्र बुझाउँदै विद्यार्थी नेताहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेका हुन्।निषेधाज्ञाको समयमा उपभोक्ताको आम्दानीसमेत घटेको र रोजगारी गुमेको समयमा गरिएको मूल्य वृद्धि खारेज गर्न उनीहरुको माग छ।उनीहरुले मूल्य स्थिरीकरण कोषको सदुपयोग गर्न र निगमको खर्च कटौति गर्न माग गरेका छन्।
प्रतिक्रिया दिनुहोस्