हाइटीको राष्ट्रपतिको हत्या गर्ने चार जना प्रहरी कारबाहीमा मारिए
एजेन्सी।हाइटीको राष्ट्रपति जोवेनेल मोइसेको हत्या गर्नेमध्ये चार जना प्रहरी कारबाहीमा मारिएका छन्।दुई जना हत्यारालाई पक्राउ समेत गरिएको हाइटीका प्रहरी प्रमुख ली आर्न चाल्सले जानकारी दिएका छन्।राष्ट्रपतिका हत्याराले तीन जना प्रहरीलाई समेत बन्धक बनाएका थिए।हिजो बन्दुकधारीहरुले एक्कासी राजधानी पोर्ट–अ–प्रिन्समा राष्ट्रपति निवासमा आक्रमण गरी मोइसेको हत्या गरेका थिए। आक्रमण राष्ट्रपतिकी पत्नी घाइते भएकी थिइन्। आक्रमणकारीहरुले आपूmहरुलाई अमेरिकी ड्रग एजेन्सीको एजेन्ट बताएका थिए।
प्रतिक्रिया दिनुहोस्