कक्षा १२ को परीक्षाका लागि सरकारको निर्णय कुर्दै बोर्ड
काठमाडौं। सरकारले सहमति दिए कक्षा १२ को परीक्षा साउन तेस्रो सातादेखि सञ्चालन हुने भएको छ। बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले साउन तेस्रो साता परीक्षा सञ्चालन गर्न सहमतिका निम्ति शुक्रबार मन्त्रालयमा पठाइसकिएको तर सहमति आइनसकेको जानकारी दिए। बैशाख २६ गतेलाई तय परीक्षा कोरोना महामारीका कारण स्थगित भएको थियो। परीक्षाका निम्ति साँढे चार लाखले आवेदन दिएका बोर्डले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्