मानव बेचबिखनमा संलग्न दुई पक्राउ
पोखरा । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा मंगलबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१० रामबजारमा होटल सञ्चालन गर्ने ५३ वर्षीय गौतमी गुरुङ र कास्की रुपा गाउँपालिका–१० हंसपुरकी ४० वर्षीया आईतीमाया गुरुङ रहेका छन् । प्रहरीले उनीहरुमाथि अनुसन्धानका लागि ५ दिन समय लिएर छानबिन थालेको छ ।
प्रतिक्रिया दिनुहोस्