नेपालबाट भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्याएर महिला बिक्री
काठमाडौं । नेपालबाट एक महिलालाई भारत–म्यानमार–थाइल्याण्ड हुँदै कम्बोडिया पुर्याएर बिक्री गरेको पाइएको छ। साढे चार लाख रुपैयाँ बुझाएकी महिलालाई एक लाख रुपैयाँ मासिक तलबको प्रलोभनमा धनकुटाका ३५ वर्षीय किसान राइले कम्बोडियामा बिक्री गरेको प्रहरीले बताएको छ । सामाजिक सञ्जालबाट चिनिएका किसानले ती महिलालाई काँकडभिट्टाबाट भारतको आसाम, नागाल्याण्ड, ग्वाटी, मनिपुर हुँदै म्यानमारबाट थाइल्याण्ड लगेर कम्बोडिया पुर्याएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्