वैदेशिक रोजगारको कहरः १५ महिनामा मलेसियाबाट आए २६५ जना नेपालीको शव काठमाडौं। पछिल्लो १५महिनामा मलेसियामा२६५ जना नेपालीको शव उद्धार गरी नेपाल ल्याइएको छ। शवहरु सबै वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएकाहरुको हो। काभिड–१९संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)काअनुसार २०७७ वैशाखदेखि २०७८असार२४ गतेसम्मको अवधिमा ती शव मलेसियाबाट नेपाल ल्याइएको हो। प्रत्येक महिना औषतमा १७.६६वटा शव मलेसियाबाट नेपाल आउने गरेको छ। कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानहरु स्थगित भएका बेला उद्धार उडानमा ती शव नेपाल ल्याइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्