इरानमा अफगान सरकारको प्रतिनिधि र तालिबानबीच भेटवार्ता एजेन्सी। अफगानिस्तान सरकारको प्रतिनिधि र तालिबान लडाकूबीच इरानको तेहरानमा वार्ता भएको छ। इरानको विदेश मन्त्रालयले भेटवार्ता भएको बताएको छ। अमेरिकालगायत नेटो सेनाले अफगानिस्तान छोड्ने निर्णय गरेपछि सरकारी प्रतिनिधि र तालिबानबीच वार्ता भएको हो। पछिल्लो साता तालिबानले अफगानिस्तानका ५० भन्दा बढी जिल्लामा कब्जा जमाएको थियो। संयुक्त विज्ञप्तीमार्फत युद्ध समस्याको समाधान नभएकाले दुवै पक्ष शान्तिपूर्ण समाधानको प्रयासमा लाग्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्