कोरोनासँगै चोरीका घटना घट्दो काठमाडौं। चालु आर्थिक वर्षमा चोरीका घटनाहरु घटेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्षको जेठ मसान्तसम्म दुईहजार १४४ वटा चोरीसम्बन्धी मुद्दा दर्ता भएका छन्। यो संख्या गत आर्थिक वर्षमा दुईहजार ४५१ थियो। त्यसभन्दा अघिल्लो वर्ष दुईहजार८७३ मुद्दा दर्ता भएका थिए। कोभिड–१९को संक्रमण नियन्त्रणका लागि लगाइएको लकडाउन, निषेधाज्ञासँगै प्रहरी निगरानी बढेसँगै चोरीका घटनामा कमी आएको नेपाल प्रहरीले बताएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्