नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालनमा काठमाडाैं। भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा खसेको पहिरो पन्छाएसँगै सवारी आवागमन पुनः सञ्चालन भएको छ। बुधबार राति १० बजेदेखि पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज बिहान ५ः३० देखि एकतर्फी सञ्चालनमा आएको हो। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार पहिरो पन्छाएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन्। सो स्थानमा वर्षा सुरु भएसँगै पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्