मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा तीन ठाउँमा पहिरो पर्वत।पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड तीन दिनदेखि अवरुद्ध छ।पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २को नयाँपुलमा पहिरोले सडक अवरुद्ध बनेको हो।चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भएपनि नयाँपुलको पहिरो हटाएर सडक सञ्चालन गर्न केही दिन लाग्ने प्रहरीले जनाएको छ।सडकमा ठूला–ठूला ढुङ्गा खसेका कारण पहिरो हटाउन समय लागेको हो।सडक अवरुद्ध हुँदा पर्वत,बागलुङ,म्याग्दी र मुस्ताङसँगको सम्पर्कबिच्छेद भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्