कर्णालीका ३ स्थानीय तहमा बाल विकास कार्यक्रम

सुर्खेत। कर्णाली प्रदेशका तीन स्थानीय तहमा पोषण तथा बाल विकास कार्यक्रम लागू हुने भएको छ।

मुगुको मुगुमकार्मारोङ गाउँपालिका, दैलेखको भैरवी गाउँपालिका र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा कार्यक्रम लागू हुने भएको हो।

विश्व बैङ्कको सहयोगमा स्थानीय तहसँग मिलेर सेता गुराँस बाल विकास राष्ट्रिय विकास सेवाले कार्यक्रम कार्यान्वयन गर्नेछ।

सेतो गुराँसका कार्यक्रम संयोजक राधा मल्लले पोषण तथा बाल विकासमा सुधार ल्याउन अति दुर्गम तथा मध्यम भेगका दुई गाउँपालिका र सुगम भेगका एक नगरपालिकालाई छनोट गरिएको बताएकि छन्।

कर्णालीका ५४ प्रतिशत बालबालिका पोषणबाट बञ्चित भएकोले ले स्थानीय तहमा एकीकृत बाल विकास कार्यक्रमको लागि प्रदेश सरकारसँग समन्वय गरि कार्यक्रम गरिएको हो।रासस

प्रतिक्रिया दिनुहोस्