शीतभण्डार योजना दुई वर्षदेखि अलपत्र कैलाली।राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाअन्तर्गतको कृषि कार्यक्रम कार्यान्वयन एकाइले ७५ प्रतिशत लागत साझेदारीमा निर्माण गर्ने भनिएको शीतभण्डारको काम चालु आर्थिक वर्षमा पनि सञ्चालनमा आउन सकेन।कार्यान्वयन एकाइले गत आर्थिक वर्षदेखि नै शीतभण्डारका लागि बजेट विनियोजन गरेको भएपनि लागत सहभागिताबाट संकलन हुनुपर्ने रकम संकलन भइनसक्दा शीतभण्डारको काम अगाडि बढ्न नसकेको हो।आयोजनाले शीतभण्डारका लागि चालु आवमा चार करोड विनियोजन गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्