स्वास्थ्य केन्द्रका लागि स्थानीयले दिए निःशुल्क जग्गा वालिङ। स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि स्थानीयबासीले निःशुल्क जग्गा प्रदान गरेका छन्। स्याङ्जाको पुतलीबजार नगरपालिका–४ नागडाँडाका सेतीदेवी पोख्रेल र चूडामणि पोख्रेलले आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि पुतलीबजार नगरपालिकालाई जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेका हुन्।सेतीदेवीको नाममा रहेको दुई आना तीन दाम र चूडामणिको नाममा १० आना तीन दाम क्षेत्रफल भएको जग्गाधनी प्रमाणपूर्जा पुतलीबजार नगर प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्