भारतको उत्तर प्रदेशमा कोरोनाको कप्पा भेरियन्ट एजेन्सी। भारतको उत्तर प्रदेशमा कोरोना भाइरसको कप्पा भेरियन्ट देखिएको छ। प्रदेश सरकारका अनुसार १०९ जनाको स्वाब जिन सिक्वेन्सिङ गर्दा २ जनामा कप्पा भेरियन्ट पाइएको हो। बाँकी १०७ जनामा भने डेल्टा भेरियन्ट नै देखिएको छ। शुक्रबार प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको अध्यक्षतामा भएको बैठकमा नयाँ भेरियन्टबारे जानकारी दिइएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्