अमेरिकी राष्ट्रपतिको दाबी– तीन लाख अफगानी सैनिक अघि ७५ हजार तालिबान लडाकु टिक्न सक्दैनन् बीबीसी। अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णयको बचाउ गरेका छन्। उनले अमेरिकी तीन लाख सेनाको सामु ७५ हजार तालिबान लडाकु टिक्न नसक्ने बताएका हुन्। उनले भने, “अफगानिस्तानमा अर्को एक बर्ष युद्ध लडेर समस्याका समाधान निस्कँदैन। त्यहाँ अनन्त कालसम्म युद्ध गरिरहने बहाना छन्।” अफगानिस्तानमा तालिबानको कब्जालाई रोक्न नसकिने समेत उनले बताए। अमेरिकी सेना अफगानिस्तानबाट फर्कने क्रममा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्