साउदीले यस वर्ष दियो ६० हजारलाई मात्र हज यात्राको अनुमति बीबीसी। यस वर्ष पनि साउदी अरबले सीमित संख्यालाई मात्र हज यात्राको अनुमति दिएको छ। कोरोना महामारीका कारण साउदीले यस वर्षको हज यात्राका लागि १५० देशका ६० हजार जनालाई मात्र अनुमति दिएको हो। हज यात्राको लागि विश्वभरबाट ५ लाख ५८ हजार २७० जनाको आवेदन परेको थियो। आवेदन दिनेमा ५९ प्रतिशत पुरुष र ४१ प्रतिशत महिला मुस्लिम धर्मावलम्वीहरु थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्