अमेरिकी राष्ट्रपतिलाई तालिबानको जवाफ– दुई साताभित्र अफागानिस्तानलाई नियन्त्रणमा लिन सक्छौं बीबीसी। तालिबान प्रतिनिधिमण्डलका प्रमुख शहाबुद्दीन दिलावरले आफूहरुले चाहे दुई साताभित्र अफगानिस्तानलाई पूर्ण नियन्त्रणमा लिन सक्ने बताएका छन्। रुस भ्रमणमा रहेका उनले अमेरिकी राष्ट्रपति जो बाइडेनले ‘तीन लाख अफगानी सेनाका अगाडि ७० हजार तालिबानको केही नलाग्ने’ बताएपछि त्यसको जवाफमा दुई सातामा अफगानिस्तानलाई नियन्त्रणमा लिन सक्ने दाबी तालिबानले गरेको हो। रुसी सरकारको निमन्त्रणमा तालिबान प्रतिनिधिमण्डल अहिले मस्कोमा रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्