रुसी ह्याकरलाई अमेरिकाले कारबाही गर्ने
एजेन्सी। अमेरिकी राष्ट्रपति जो बाइेडेनले अमेरिकामा साइबर आक्रमण गर्ने रुसी ह्याकरहरुलाई कारवाही गर्ने चेतावनी दिएका छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको एक घण्टा लामो टेलिफोन कुराकानीका क्रममा उनले भने, “मैले स्पष्टसँग उहाँ (पुटिन)लाई भनेको छु– यदि तपाईंको भूमीबाट अमेरिकामा साइबर आक्रमण हुन्छ भने हामी कारबाही गर्छौं,” राज्यद्वारा प्रायोजित वा स्वतन्त्र जो भए पनि कारबाही गर्ने उनले बताएको दाबी गरे।
प्रतिक्रिया दिनुहोस्