अमेरिकाको शिकागोका स्कुललाई ‘लाजमर्दो’ आदेश– पाँच कक्षाभन्दा माथिका बालबालिकालाई निःशुल्क कन्डमको व्यवस्था गर
एजेन्सी। अमेरिकाको शिकागो पब्लिक स्कुल बोर्ड अफ एजुकेसनले पाँच कक्षाभन्दा माथिका बालबालिकालाई निःशुल्क कडम उपलब्ध गराउन आदेश दिएको छ। नयाँ नीति सार्वजनिक गर्दै बोर्डले उक्त आदेश दिएको हो। नयाँ नीति अनुसार अब स्कुल व्यवस्थापनले १० वर्ष र सोभन्दा माथिका बालबालिकालाई कण्डम उपलब्ध गराउनुपर्नेछ। सामाजिक सञ्जालहरुमा भने बोर्डले ल्याएका नयाँ नियमको आलोचना भएको छ। धेरैले यसलाई ‘लाजमर्दो’ बताएका छन्।
प्रतिक्रिया दिनुहोस्