गत वर्षको मनसुनमा क्षति भएका घर बनाउन करिब ३० करोड निकासा
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले गत वर्षको मनसुनमा क्षति पुगेका घरको निर्माणलाई हालसम्म २९ करोड ९९ लाख २६ हजार २५० रुपैयाँ जिल्लामा पठाएको छ। २२ जिल्लाका ४ हजार ९३७ जना लाभग्राहीलाई सो रकम पठाइएको हो । दार्चुला, कालिकोट, बाजुरा, बझाङ, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर, मोरङ, सिन्धुपाल्चोकलगायतका जिल्लामा उक्त रकम पठाइएको छ।
प्रतिक्रिया दिनुहोस्