दलितसँग बिहे गरेकैले बावुको किरिया गर्न वञ्‍चित
भोजपुर। दलित समुदायकी केटीसँग विवाह गरेकै कारण यहाँका एक युवालाई बावुको काजकिरिया गर्नबाट वञ्चित गराइएको छ।

दलित श्रीमति भित्र्याएकैले परम्परा अनुसार काजकरिया गर्न नपाएका भोजपुर नगरपालिका–११, आम्तेकका ३२ वर्षीय चन्द्रबहादुर खड्कालाई आफ्नो बुवाको मृत्यु हुँदाभन्दा बढि सामाजिक बहिष्कारमा पर्दा पिडा थपिएको छ।

वैदेशिक रोजगारीका लागि कागजपत्र मिलाउन खड्का ३ असोजमा काठमाडौं पुगेका थिए।  काठमाडौं पुग्नासाथ बुवाको मृत्युको खबर पाएपछि उनी रातारात घर फर्किंदा परिवार र गाउँलेले दाहसंस्कार गरिसकेका थिए।

आफू केश खौरेर किरिया बस्न दाजु सम्मरबहादुर कहाँ पुग्दा एकै ठाउँ बसेर बुवाको कामकाज गरे ब्राम्हणले पनि आफू काम गराउन नआउने र समाजका अन्य सदस्यहरुले पनि नस्वीकार्ने बताएको चन्द्रबहादुरले बताए। उनले प्रहरीमा न्याय माग्दै उजुरी दिएका छन्।

“मैले जन्मदिने बाबुकै किरिया गर्न पाइन, यसमा मेरो के दोष ? मेरो श्रीमतीको रगत पनि त रातै छ।” चन्द्रबहादुरले दुखेसो गरे।

१४ वर्षअघि छिमेकी गिता विश्वकर्मासंग प्रेमविवाह गरेका चन्द्रबहादुर विहे लगत्तै दाजुसँग सम्बन्ध विग्रिएपछि छुट्टिएर बस्दै आएका छन्। उनका ३ छोरी र १ छोरा छन् ।

बुझेर कारवाहि गर्छु–सीडीओ

भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा कानूनले छुवाछुतलाई सामाजिक अपराध र दण्डनीय मानेकाले अनुसन्धान गरि कारवाहीको प्रक्रियामा जाने बताउँछन्।

“दलितसँग विहे गरेका कारण उनलाई बावुको किरिया गर्नबाट वञ्चित गरिएको रहेछ भने गल्ती गर्नेले कारवाहीको भागिदार बन्नुपर्छ, मुद्दा चल्छ ठहरे बमोजिमको सजायँ हुन्छ” सीडीओ खतिवडाले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्