तालिबान प्रतिनिधिमण्डल रुसमा, अफगानिस्तानमा रुसविरुद्ध कुनै गतिविधि नहुने दाबी
काठमाडौं। रुसको निमन्त्रणामा मस्को पुगेको तालिबान लडाकुको प्रतिनिधिमण्डलका प्रमुख शहाबुद्दीन दिलावरले रुसलाई आश्वस्त पार्दै छिमेकी राष्ट्र विरुद्ध कुनै पनि गतिविधि अफगानिस्तानमा हुन नदिने बताएका छन्। ‘इस्लामिक स्टेट’लाई अफगानिस्तानमा काम गर्न नदिने बाचा गर्दै उनले ८५ प्रतिशत भूभाग कब्जा गरिसकेकाले अल्पसंख्यकको अधिकारको सम्मान गर्ने बताए। तालिबान प्रतिनिधिमण्डल अफगानिस्तानमा रुस विरुद्ध कुनै गतिविधि नहुने विश्वास दिलाउन मस्को गएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस्